हेटौंडामा शवदाह मेसिनबाट शव जलाउन सुरु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर १०, राप्तीतटमा शवदाह मेसिनबाट शव जलाउन सुरु गरिएको छ ।

मेसिन जडानको काम सकिएपछी मंगलबारबाट शव जलाउन सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए । धार्मिक संस्कारअनुसार दाहसंस्कार गर्न मिल्ने गरी ७४ लाखको लागतमा शवदाह मेसिन जडान गरिएको मेयर हरिबहादुर महतले बताए ।

भारतबाट ल्याइएको शवदाह मेसिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत कम हुने र छोटो समयमै शवदाहको कार्य सकिने उनले जानकारी दिए ।

शवको तौल अनुसार दाउरा एक सय केजीदेखि एकसय २० केजीसम्ममा एउटा शव दाह गर्न सकिने उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले बताए । परम्परागतरुपमा शवदाह गर्दा शवको तौलअनुसार ४ सयदेखि ५ सय केजीसम्म दाउरा खपत हुने गरेको छ ।

मेसिनमा शवदाह गर्दा कुनै किसिमको शूल्क नलाग्ने पनि उपमहानगरले स्पष्ट पारेको छ । एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाह गरिने भएकोले आसपासका क्षेत्रमा दुर्गन्ध हुने समस्याको समेत समाधान हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*