भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौं । भारतमा अहिले कोरोनाका नयाँ संक्रमितको संख्या घट्दै गएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ६७ हजार ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार ७१ हजार ३ सय ६५ जना र मंगलबार ६७ हजार ५ सय ९७ जना नयाँ संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार ८ सय ८२ जना संक्रमित निको भएका छन् भने हालसम्म भारतमा कोभिडबाट निको हुनेको संख्या ४ करोड ११ लाख ८० हजार ७ सय ५१ जना पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घन्टामा थप १ हजार २ सय ४१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाका कारण ५ लाख ६ सय ५ सय २० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यद्यपी हाल भारतमा ७ लाख ९० हजार ७ सय ८९ सक्रिय संक्रमित उपचार गराइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*