युएईद्वारा नेपाललाई १९३ रनको लक्ष्य

काठमाडौं । चार देशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले युएईबाट १९३ रनको लक्ष्य पाएको छ । ओमानको मस्कटस्थित अल अमरेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको हो ।

युएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । यस्तै रोहन मुस्ताफाले ४९, मुहम्मद वासिमले २२ र बसिल अमिदले १७ रन जोडे । मोहम्मद बुटाले अविजित १४ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले समान एक विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*