नेपाल युएईसँग २५ रनले पराजित

काठमाडौँ । जारी चार देशीय टी-२० सिरिज अन्तर्गतको खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । युएईले दिएको १९३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउदै १६७ रन मात्र बनाएको हो ।

नेपालका लागि दिपेन्द सिंह ऐरीले सर्बाधिक ४१ रन बनाएका थिए भने आसिफ शेखले ३४ रन बनाएका थिए । त्यस्तै ज्ञानेन्द्र मल्लले २२ रन बनाए भने लोकेश बमले ३३ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले ११ र शरद भेसवाकरलेअविजित १० रन बनाएका थिए ।

त्यस्तै युएईका बलर रोहन मुस्तफा र काशिफ दाउदले २९२ विकेट लिए भने जुनैद सिद्धिकीले एक एक विकेट लिएका थिए ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ३ विकेट गुमाउदै १९२ रन बनाएको थियो ।

युएईका लागि चिराग सुरीले सर्बाधिक अविजित ८४ रन बनाएका थिए । सुरीले ५३ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै अविजित ८४ रन बनाएका थिए ।

त्यस्तै युएईका रोहण मुस्तफा ४९ रन बनाएर आउट भएका थिए भने मुहमद वासीमले २२ रन बनाएका थिए । त्यस्तै बसिल हमीदले १७ र मोहमद बूटाले अविजित १४ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर शाहाब आलम, सन्दीप लामिछाने र आरिफ सेखले एक एक विकेट लिएका थिए । नेपालले अब सिरिजको अन्तिम खेलमा फेब्रुअरी १४ मा आयरल्याण्डविरुद्ध खेल्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*