हटियामा १ करोड ७७ लाखको पक्की बाटो बन्ने

मकवानपुर, २ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ हटियामा १ करोड ७७ लाख रुपैयाँ लागतमा पक्की सडक निर्माण हुनेभएको छ । उक्त सडक निर्माणका लागि हेटाँैडा १७ का वडाअध्यक्ष भैरवबहादुर राईले शिलान्यास गरेका छन् ।

हटियाको कठायतचोकदेखि बालबोध माध्यमिक विद्यालय हुँदै अङ्गारेश्वर महादेव मन्दिरतर्फ जाने बाटोमा ६ मिटर चौडाई र १.९ किलोमिटर लम्बाईको सडक निर्माण गर्न लागिएको हो । कच्ची सडक पक्की बन्ने भएसँगै त्यहाँका स्थानीयहरु खुशी भएको अध्यक्ष राईले बताए ।

पक्की बाटो निर्माणको शिलान्यास कार्यक्रममा बालवोध माविका अध्यक्ष कमल बहादुर विष्ट, उपमहानगरपालिका मेयरका प्रमुख राजनैतिक सल्लाहकार नरहरी महत लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*