आमाको हत्यामा संलग्न रहेको अभियोगमा छोरा पक्राउ

मोरङ, २ फागुन । मोरङको उर्लाबारी नगरपालिका वडा नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय गंगाप्रसाद भण्डारीलाई आफ्नै आमाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा उनले आफ्नै आमालाई चिरपट प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबरका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पतालमा उपचार प्रयसा असफल भएपछि ट्रमा सेण्टर मंगलबारेमा रिफर गरिएको थियो । त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*