मोबाईल बिगारेको निहुँमा श्रीमतीको हत्या

झापा, २ फागुन । झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमती ३४ वर्षीया अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा अमरबहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।

मोबाइल बिगारेको विषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*