हेटौंडा–१२ मा सहिद लखन थापाको शालिक निर्माण गरिँदै
हेटौंडा । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको शालिक निर्माणको काम सुरु गरिएको छ । शहिदको सबैले सम्मान गर्ने उदेस्यका साथ उहाँको शालिक निर्माणको काम सुरु गरिएको हो । उहाँको शालिक निर्माणका लागि शिलान्यास गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा रहेको लखन बाटिका स्मृतिको प्राङ्गनमा शालिक निर्माण गर्नका लागि मेयर हरि बहादुर महतले शिलान्यास गर्नुभयो । कार्यक्रममा बोल्दै मेयर महतले लखन थापाले गरेको योगदानको चर्चा गर्दै उहाँलाई सबैले सम्झनु पर्ने बताउनुभयो ।
स्थानीय सरकारले सधैभरी लखनथापालाई सम्झनका लागि पनि शालिक निर्माण गरिएको बताउनुभयो । थापाको एक सय ५५ औं स्मृति दिवसका अवसर पारेर शालिकको शिलान्यास गरिएको हो । कार्यक्रम लखन थापा नगर स्मृति बाटिका मकवानपुरका अध्यक्ष विश्व कुुमार आलेको अध्यक्षतामा भएको हो ।जनपत्रबाट