हेटौंडाको दक्षिणकाली रोडमा स्लाब ढलानको शिलान्यास

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ दक्षिणकाली रोडमा स्लाब ढलानको शिलान्यास गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले स्लाब ढलानको शिलान्यास गर्नुभयो ।

हेटौंडाका कच्ची सडकहरु पक्की निर्माण गर्ने अभियान निरन्तर चलिरहेको र यो अभियानमा आफु लागिपरेको मेयर महतले बताउनुभयो । कुल २२ लाख रुपैयाँ लागतमा स्लाब ढलानको काम सुरु गरिएको हो ।

हेटौंडाका टोल टोल र कुना कुनामा स्लाब ढलानको काम चलिरहेको छ । धेरै स्थानमा पक्की सडक निर्माणको काम सकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*