इमर्जिङ नेपालको आईपीओ बाँडफाँड

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ । कम्पनीले गत माघ २६ गते बुधबारदेखि फागुन १ गते, आइतबारसम्म जारी गरेको एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६ सय कित्ता सेयर आज बाँडफाँड भएको हो ।

जसमध्ये ५१ हजार ६३८ जनाले कम्पनीको सेयर हात पारेका छन् । गोलाप्रथाबाट भएको बाँडफाँडमा ५ हजार ६७० जनाले प्रतिव्यक्ति १० कित्ताका दरले र ८ जना भाग्यशाली आवेदकहरुले ११÷११ कित्ता हात पारेको कम्पनीले जनाएको छ ।

सेयर खदिका लागि कुल २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको थियो भने, बाँकी योग्य लगानीकर्ताहरुलाई आगोलाप्रथामा सामेल गराइएको थियो । जसमध्येबाट ५ हजार ६७८ जनाले कम्पनीको सेयर हात पार्न सफल भएका हुन् । बाँकी २२ लाख ७७ हजार २८ जनाको हात खालि भएको छ ।

कम्पनीले गत माघ २६ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याएर बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि क्रिी खुल्ला गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*