देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ – एमसिसीका सम्बन्धमा समान धारणा नहुँदा सत्ता गठबन्धनभित्रै मतभेद कायम रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। एमसिसी संसदमा पेश गर्ने विषयलाई लिएर सत्ता गठबन्धनमा मत मिलेको छैन। सोही कारण बुधबार संसदमा एमसिसी सम्झौता पेश हुन सकेन।

दिनभर काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा एमसिसीको विरोधमा प्रदर्शन भयो र केही स्थानमा प्रदर्शनले हिंसात्मक रुप पनि लियो। त्यही परिवेशमा बुधबार बेलुका प्रधानमन्त्री र राजदूत बेरीबीच वार्ता भएको हो।

एमसिसी पारित गर्नका लागि फागुन १६ गतेसम्मको समय सीमा छ। तर माओवादी केन्द्रले यथास्थितिमा एमसिसीको पक्षमा उभिन नसक्ने र जबरजस्ती गरिए सरकारबाट बाहिरिने निर्णय गरेको छ। यस्तै नेकपा ९एकीकृत समाजवादी० ले पनि एमालेसहितलाई सहमतिमा ल्याएरमात्रै एमसिसीबारे निर्णय गर्नुपर्ने बताएको छ। तर प्रधानमन्त्री देउवा र कांग्रेस एमसिसी पारित गर्नुपर्ने पक्षमा रहँदै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*