मकवानपुरमा थप ४ जनामा कोरोना संक्रमण

हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२ जनामा पिसिआर र ३० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३ जना र एक जना गरी ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यस्तै जिल्लामा ७ जनाले संक्रमणलाई जितेका छन् ।

पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी,मनहरी,भीमफेदी गाउँपालिका भित्रका एकएक जना रहेको कार्यलयले जनाएको छ । जिल्लामा हाल ५२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

जिल्लामा हालसम्म ६१ हजार १ सय ४७ जनामा परीक्षण गर्दा १७ हजार ९ सय ६ जनामा कोरोना पुष्टि भएकोमा १७ हजार ७३९ जनाले संक्रमणलाई जितिसकेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ७१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*