फिलिपिन्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमानको अल अमेरातमा भएको टसमा फिलिपिन्सका कप्तान जोनाथन हिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

नेपालले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । फिलिपिन्स पहिलो खेलमा क्यानडासँग १ सय १८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*