अनेरास्ववियु पाटन सँयुक्त क्याम्पसद्वारा बिरोध

काठमाडौं । अनेरास्ववियु पाटन सँयुक्त क्याम्पस कमिटीद्वारा निरन्तर रूपमा भएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि र अप्रवित्र गठबन्धन सरकारको घोर बिरोध गर्दै पाटन क्याम्पस अगाडि दबाव स्वरूप आन्दोलन गीरएको छ। बिरोध कार्यक्रमको नेतृत्व अनेरास्ववियु पाटनका अध्यक्ष सुरेश जिसिले गर्नु भएको थियो ।

उहाँले निरन्तर बढेको पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मुल्य बढेर जनताको ढाड सेक्ने काम यो सरकारले गरेको भन्दै चर्को आलोचना गर्नु भएको थियो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य तथा पाटन इन्चार्ज जगत लामा , पवन शाही लगायत सिङ्गो क्याम्पस कमिटी उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*