मकवानपुरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

हेटौंडा । मोटरसाईकल दुर्घटना हुँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।

गएराति हेटौंडा काठमाण्डौ जोड्ने छोटो राजमार्ग अन्तर्गत ईन्द्रसरोबर गाउँपालिका वडा नंबर २ को सुकौरामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

काठमाण्डौंबाट कंलकी तर्फ आउँदै गरेको बा ५७ प ८५७० नंबरको मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ३३ वर्षीय दोर्जे लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार मोटरसाईकल आफै अनियन्त्रित हुँदा सडकबाट करिब ४ सय फिट तल झरेको र मोटरसाईकल चालक लामाको घटनास्थमै मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*