फागुन १३ र १४ गते बकैयामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

हेटौंडा । यहि फागुन १३ र १४ गते मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

क्लबको सातौ वार्षिक उत्सवको अवसरमा नकआउट चरणमा प्रतियोगिता खेलाईने आयोजक घमनटोल स्पोर्टस् क्लबले जनाएको छ । घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले कोरोना संक्रमण जोखिमको कारण स्थगित भलिबल प्रतियोगता यहि १३ र १४ गते गर्ने तयारी रहेको  जानकारी दिए ।

यसअघि,माघ ७ र ८ प्रतियोगिताको तयारी रहेको थियो कोरोना संक्रमणको जोखिम बढे संगै प्रतियोगिता स्थगन गरिएको थियो । संक्रमणको जोखिम कम भएसंगै तयारी सुरु गरिएको क्लबले जनाएको छ ।  प्रतियोगिता बकैया ७ को घमनटोल खेल मैदानमा हुने छ ।

प्रतियोगिताबाट जिल्लामा हुने भलिबल प्रतियोगितामा गाउँपालिकाबाट सहभागि हुने खेलाडीको छनोट समेत हुने बताईएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद २० हजार र उपविजेता टिमले नगद १० हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा उत्कृष्ट खेलाडीले ३ हजार प्राप्त गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*