नेपालले आज युएईको सामना गर्दै, विश्वकपमा छनोट होला

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा नेपालले आज मंगलबार युएईको सामना गर्दैछ ।

ओमानको अल अमेरातमा नेपालले युएईको सामना गर्नेछ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ ।

टी(ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । किनकी यस खेलले नेपालको विश्वकप यात्राको छिनोफानो गर्नेछ ।

नेपाल आज युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।

यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी(ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आईरहेको छ । यस पटक भने नेपाललाई मौका रहेको छ ।

छनोटको समूह ‘बी’ को नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोडेको थियो । युएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

नेपाल र युएईबीचको पछिल्लो हेड टु हेड बराबरीको स्थितिमा रहेको छ । नेपाल र युएईबीचको पछिल्लो चार टी-ट्वान्टी खेलमा दुबैले २ जित र २ हार व्यहोरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*