साउनयता २७ अर्बको खोप आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मानव स्वास्थ्यमा प्रयोग हुने खोपको आयात उच्चदरमा बढेको छ ।

कोभिड–१९ महामारी रोकथामका लागि सरकारले ठूलो मात्रामा खोपको आयात गरेपछि सातमहिनामै उच्च आयात भएका १० वस्तुमध्ये ८ औं स्थानमा खोप परेको छ ।

चालु आर्थिक वर्ष २०७८र०७९ को पहिलो महिना साउनयताका सात महिनामा २६ अर्ब ८५ करोड ९ लाख ७६ हजार मूल्य बराबरको खोप आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यो गतवर्षको तुलनामा २५ अर्ब ५० करोड ७४ लाख ६८ हजार रुपैयाँले बढी हो ।

गत वर्ष यही अवधिमा १ अर्ब ३४ करोड ३५ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको खोप आयात भएको थियो । सामान्य अवस्थामा भन्दा कोरोना महामारी विरुद्धको खोप अभियान सञ्चालन भएपछि खोप आयात ह्वात्तै बढेको हो ।

यो सातमहिनाको अवधिमा २ लाख ४० हजार केजी परिमाणको खोप आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्ष यही अवधिमा ३९ हजार ७८५ केजी परिमाणको खोप आयात भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*