टी–ट्वान्टी वरीयतामा कुशल र सन्दीपको छलाङ

काठमाडौं । कुशल भुर्तेल आईसीसी टी–ट्वान्टी ब्याट्सम्यानको वरीयतामा ३९ औं स्थानमा पुगेका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार कुशलको ९ स्थानमाथि उक्लदै ३९ औं स्थानमा पुगेका छन् ।

ओमानमा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटमा कुशलले फिलिपिन्सविरुद्ध शतक प्रहार गरेका थिए ।

यता दिपेन्द्र सिंह ऐरी पनि ५० औं स्थानमा उक्लिएका छन् ।

बलिङतर्फ सन्दीप लामिछानेले पनि छलाङ मारेका छन् ।

सन्दीप वरीयताको ४३ औं स्थानमा आईपुगेका छन् ।

उनी १६ स्थानमाथि उक्लिएका हुन् ।

त्यसैगरी अविनाश बोहराले १२ औं स्थानमाथि उक्लिदै ८६ औं स्थानमा आईपुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*