हेटौंडामा पहिलो पटक सहकारीको एटिएम सेवा

१२ फागुन,हेटौंडा । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले हेटौंडामा पहिलो पटक एटिएम सेवा सुरु गरेको छ । एक कार्यक्रमका बिच हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले आज रिबन काटी एटिएमको उद्घाटन गर्नु भएको हो । यो सहकारीको १० औं एटिएम बुथ हो । हेटौंडा–४ पारिजातपथमा रहेको सहकारी भक्तपुरको १६ औं शाखा हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महतले सहकारीमा पनि सुरक्षित बैकिङको आधार डिजिटल कारोबार गर्न सकिन्छ भन्ने उदाहरणीय कार्य भएको धारण ब्यक्त गर्नुभयो । उक्त कार्यक्रमका सभाध्यक्ष सहकारी संस्थाका क्षेत्रीय प्रवन्धक युवराज थापाले यस सहकारीले विगत एक दशक देखि बचत तथा ऋणको कारोबार साथसाथै कृषि क्षेत्रमा पनि थुप्रै कार्य गर्दै आएको र सहकारीलाइ डिजिटल प्रविधि बनाउने हेतुले विगत एक बर्ष देखी मोबाईल बैकिङ, क्यू आर मर्चेट सेवा प्रदान गर्दै आईरहेको र तेस्रो डिजिटल प्रविधिको रुपमा एटिएम सेवा सुचारु गरेको बताए ।

सहकारीले स्थानिय स्रोत र साधनलाई परिचालन गरी स्थानिय स्तरमा रोजगारी सृजना गर्नुकोसाथै संस्थाले सदस्यहरुलाई एउटै छाना मुनी बिभिन्न खाधान्न र अन्य घरायसी अत्यावश्यक बस्तुहरुको सहज उपलव्धताको लागी विगत २ बर्ष अघि देखीनै सहकारीको आफ्नै लगानीमा गार्डेन मार्ट डिर्पाटमेन्ट स्टोर खोली सेवा दिदै आइरहेको यसै संस्थाका हेटौडा सेवा केन्द्र प्रमुख निभा अवाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*