रुसी हमलामा १३७ युक्रेनीको मृत्यु

रुसी फौजले युक्रेनमा वृहत हमला गरेको छ। रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ।

रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन्। मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन्।

रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किएभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ।

राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*