स्तुती बनिन् ‘नवोदय स्टार अफ स्टार्स’

हेटौंडा –  ‘नवोदय स्टार अफ स्टार्स’ २०७८ को विजेता स्तुती गुरागाईँ बनेकी छिन् । शुक्रबार भएको प्रतियोगितामा नाँै जना प्रतिस्पर्धीलाई पछाडि पार्दै नवोदय स्टार अफ स्टार घोषित भएका उनलाई ट्रफी प्रदान गरिएको थियो ।

नवोदय गायन स्टार, नवोदय नृत्य स्टार र नवोदय नाटक स्टारबाट उत्कृष्ट तीन छनौट भएका प्रतिस्पर्धीहरुले नवोदय स्टार अफ स्टार प्रतियोगितामा सहभागिता जनाएका हुन् । नवोदय गायन स्टारबाट उत्कृष्ट तीनमा आशुतोष पोखरेल, आयुष खरेल, चिराग डङ्गोल छनौट भएका थिए । यसैगरी नवोदय नृत्य स्टारबाट उत्कृष्ट तीनमा अपेक्षा विडारी, दर्शना सापकोटा, अस्मी घिमिरे, समीक्षा उप्रेती छनौट भएका थिए ।

नृत्य स्टारमा भोटिङ र निर्णायकको आधारमा अपेक्षा विडारी र समीक्षा उप्रेतीले समान अङ्क हासिल गरेका थिए । यसैगरी नवोदय नाटक स्टारमा स्वर्णिमा अधिकारी, स्तुती गुरागाईँ र प्रसिद्धि मिश्र उत्कृष्ट घोषित भएका थिए ।
उत्कृष्ट भएका विद्यार्थीहरुलाई विद्यालयले शिल्ड प्रदान गरेको थियो ।क्रियटिभ आर्ट (सि.ए) का संयोजक प्रलय चौलागाईँको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो नेपालले आयोजना गरेको आधुनिक गायन प्रतियोगिता २०२२ मा प्रथम भई गोल्ड मेडल जित्न सफल सुशिला पाण्डे मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा तरङ्ग सांस्कृतिक परिषदका अध्यक्ष उज्ज्वल शर्मा भण्डारी, गायिका सुनिता शर्मा लुर्इँटेल, गायक तथा सङ्गीतकार पूर्णविक्रम अधिकारी र कलिउड कला केन्द्रका सञ्चालक सुजन श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा नवोदय विद्यालयका निर्देशक दीपेश जोशीले प्रतियोगिताले विद्यालयको प्रतिभा प्रस्फुटन हुने भएकाले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिइने बताए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराई, विद्यालयका शैक्षिक संयोजक अव्यक्त खनाललगायतको आतिथ्यता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*