मेयर महतद्वारा त्रिबेणीधामको अक्षय कोषका लागि दश लाख हस्तान्तरण

हेटौंडा । कुष्माण्ड सरोवर त्रिबेणी धाम व्यावस्थापन समितिले सञ्चालन गरेको अक्षयकोष निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाले दश लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले अध्यक्ष इश्वरी प्रसाद न्यौपानेलाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

त्रीबेणीधामले सञ्चालन गरेको अक्षय कोषबाट प्राप्त भएको व्याज रकमबाट यस क्षेत्रको विकास र नियमित सरसफाइका लागि थप सहयोग पुग्ने मेयर महतले बताउनुभयो । पहिलेको तुलनामा यस क्षेत्रको धेरैनै विकास भएको र आन्तरिक र बायह पर्यटकहरु आवतजावतको सख्या पनि निकै बढेको छ । त्रिबेणी धामको धेरैजसो काममा स्थानीय सरकार सहयोगी बनेको मेयर महतले बताउनुभयो । यस अघि पनि उपमहानगरपालिकाले कुष्माण्ड सरोवर त्रिबेणी धामको अक्षय कोषमा दश लाख रुपैयाँ जम्मा गरिसकेको छ ।

अहिले सम्म बिभीन्न दातृ निकायको रकमबाट ३४ लाख रुपैयाँ जम्मा भएको त्रिबेणीधामका अध्यक्ष न्यौपानेले बताउनुभयो । उपमहानगरपालिकाकै सहयोगमा कुष्माण्डसरोबरमा ढुंङ्गा चलिरहको छ । अहिले नयाँ निर्माण भएको सिसमहल हेर्न आउने र घुम्न आउनेहरु पनि बढेका छन् । अक्षयकोषको चेक हस्तान्तरण कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, लेखा अधिकृत जेकप श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*