कर्ण गोष्ठि महिला समूहको आयोजनामा हेटौंडामा होली मिलन कार्यक्रम

हेटौंडा । होली पर्वको पूर्वसन्ध्यामा हेटौंडा कर्ण गोष्ठि महिला समूहले हेटौंडामा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा गतवर्षको एस.इ.इ. परीक्षामा उत्कृष्ट अङ्कसहित उत्तिर्ण हुने विद्यार्थी, जेष्ठ सदस्य एवं कायस्थ समाजलाई एकीकृत गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वहरुलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

समूहले जेष्ठ सदस्य उर्मिला दास, एस.इ.इ. परीक्षामा उत्कृष्ट अङ्कसहित उत्तिर्ण हुने छात्रा निभा कायस्थलाई सम्मान गरिएको समूहकी सदस्य रिनाकुमारी दासले जानकारी दिनुभयो ।

कार्यक्रममा कायस्थ समाजलाई एकीकृत गर्न महत्वपूर्ण भूमिका खेल्ने स्वर्गीय शेखरलाल दासलाई मृत्युपर्यन्त सम्मान गरिएको थियो । उहाँको सम्मानमा उहाँका परिवारका सदस्यलाई दासल्ला आढाएर सम्मान गरिएको सदस्य दासले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*