हेटौंडामा घटना दर्ता गराउनेको सख्या बढ्दै ,सम्वन्ध विच्छेद गर्न आउनेहरु धेरै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा घटना दर्ता गराउनेहरुको सख्या बढ्दै गएको छ । पहिले घटना दर्ता गराउनका लागि खासै चासो नदिने नागरिकहरु अहिले भने घटना दर्ता गराउनका लागि अग्रसर देखिउका छन् । हेटौंडामा चालु आर्थिक वर्षको साउन महिना देखि पुस मसान्त सम्ममा घटना दर्ता गराउनेहरुको सख्या ४ हजार ३ सय ८४ जना रहेको मेयर हरि बहादुर महतले बताउनुभयो । घटना दर्तालाई धेरैले सामान्य विषय ठान्ने गरेपनि यो धेरै महत्वपूर्ण र दिर्घकालिन रुपमा प्रभाब पार्ने विषय रहेको मेयर महतले बताउनुभयो । उपमहानगरपालिका क्षेत्रका नागरिकलाई समयमानै घटना दर्ता गर्न समेत आग्रह गर्नु भएको छ ।

घटना दर्ता गर्नका लागि पहिलेको तुलनामा बृद्धी भएपनि समयमानै आउनेहरु भने कमै मात्र रहेको हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ बताउनु हुन्छ । आफ्ना वडाका नागरिकलाई घरटना दर्ता गर्नका लागि समयमानै आउन उहाँले सुझाब दिनु भएको छ । घटना दर्तालाई यस क्षेत्रका नागरिकले सामान्य रुपमा लिएकाले पनि यो समस्या भएको उहाँले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रका १९ वटै वडाहरुमा सम्वन्ध विच्छेद गर्न आउनेहरु भने धेरै रहेका छन् । पछील्लो छ महिनाको अवधिमा मात्र एक सय ४ जोडीले सम्वन्ध बिच्छेदको घटना दर्ता गरेको उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिनुभयो । सानै उमेरमा विवाह गर्ने, घरमा सामान्य झगडाहरु पर्ने, विवाह पस्चात पुरुष विदेश जाने र फर्कदा झैझगडा हुने, एकले अर्कालाई कुनैपनि खालका विस्वास नगर्ने लगायतका कारणबाट सम्वन्ध बिच्छेद गर्न आउनेहरु बढ्न थालेको कानून व्यावसायीहरु बताउँछन् ।

उपमहानगरपालिका क्षेत्रमा छ महिनाको अवधिमा एक हजार ८ सय ८६ जनाले जन्म दर्ता गराएका छन् । ती मध्यमा ९ सय २९ जना बालक र ९ सय ५७ जना बालिकाले जन्म दर्ता गराएका छन् । अहिले पनि बालबालिका जन्मने बित्तिकै जन्मदर्ता गरिहाल्ने परिपाटीको विकास भने भएको छैन । जती बेला जन्म दर्ताको आवस्यक्ता पर्छ त्यतीनै बेला जन्मदर्ता गराउने चलन रहेको पाइएको छ । यो अवधिमा ६ सय ३३ जनाले मृत्यु दर्ता गराएको उपमहानगरपालिकाका एमआइएस अप्रेटर दिपेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । छ महिनाको अवधिमा २ सय ८८ जना महिला र ३ सय ४५ जना पुरुषको मृत्यु दर्ता गरिएको विश्वकर्माले जानकारी दिनुभयो ।

हेटौंडामा पछील्ला वर्षहरुमा विवाह गर्नेहरुले बिवाह दर्ता भने अरु घटना दर्ताकोे तुलनामा अली चाडै गर्ने गरेका छन् । छ महिनाको अवधिमा ८ सय १८ जोडीले बिवाह दर्ता गरेका छन् । हेटौंडा बागमती प्रदेशको राजधानी कायम भएसंगै बसाइ सरेर आउनेहरु पनि बढेका छन् । अस्थायी रुपमा बसोबास गर्नेहरु पनि त्यतीकै छन् । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६ सय परिवारका २ हजार २ सय १६ जना हेटौंडामा बसाई सरेर आएको उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलीयाले जानकारी दिनुभयो ।

हेटौंडामा बसाइ सरेर आउनेको तुलनामा बसाइसरी जानेको सख्या कम छ । यो अवधिमा हेटौंडाबाट अन्यत्र बसाइसरेर जानेहरु ३ सय ४३ परिवारका एक हजार एक सय ७६ जना रहेका छन् ।

हेटौंडाका ५७ स्थानमा घटना दर्ता शिबिर संचालन गरिदै

हेटौंडा उपमहानगरपालिकाले यहाँका १९ वटा वडाका ५७ स्थानमा घटना दर्ता शिबीर सञ्चालन गर्ने भएको छ । प्रत्यक वडामा तीन स्थानमा घटना दर्ता शिबीर सञ्चालन गर्न लागिएको हो । नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार जन्म, सम्बन्ध विच्छेद, बिबाह, मृत्यु, बसाई सराई जस्ता व्यक्तिगतघटना दर्ता शतप्रतिशत दर्ता गराउने उद्देश्यका साथ हेटौंडाका वडा वडामा गएर घटना दर्ता शिबिर सञ्चालन गर्न लागिएको उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले बताउनुभयो ।

सरकारले योग्य नेपाली नागरिक पहुँच नपुगेकै कारणसामाजिक सुरक्षा भत्ता प्राप्त गर्न छुट भएको भए सोको दर्ता गराउन सहज पहुँच पुयाउने उद्देश्य अनुरुप स्थानीय तहका प्रत्येक वडाका फरक फरक स्थानमा दर्ता शिविर संचालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । सरकारले चालूमा वित्तीय हस्तान्तरण मार्फत स्थानीय तहमा बजेट व्यवस्था भएको छ ।

घटना दर्ताकार्यको लक्ष्य प्राप्तीको निम्ती सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना संचालन निर्देशिकाको संसोधन समेत गरेर काम सुरु गर्न लागिएको हो ।

नेपाल सरकार र स्थानीय प्रशासनबाट जारी निशेधाज्ञा र कोभिड महामारीको प्रकोपलाई मध्यनजर गरी उपयुक्त मितिमा घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता शिविर सञ्चालन गर्नु निर्देशन दिइएको छ ।

घटना दर्ता शिविर संचालन गर्दा घटना दर्ता शत् प्रतिशत हुने गरी योजना तयार गरी सोही अनुसार कार्यान्वयन गर्ने तयारी थालिएको उपमहानगरपालिकाका एमआइएस अप्रेटर दिपेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । सबै घटना दर्ताको निस्सा सहितको सूचना फरािमर, तथा निस्सा सहितको गुनासो दर्ता फाराम, निस्सा सहितको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने निवेदनको ढाँचा उपलब्ध गराएर यो शिबीर संचालन गर्नका लागि तयारी थालिएको छ ।

लाभग्राही र सेवाग्राहीले प्रमाणपत्र तथा परिचयपत्र प्राप्त गर्ने समय र विधिस दर्ता शिविरमा संकलन भएका सामाजिक सुरक्षा भत्ताको निवेदन तथा घटना दर्ताका सूचना फारामहरु फिल्ड सहायकको सहायतामा गर्ने तयारी छ ।जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*