‘न आत्मसमर्पण गर्छौँ न ,न रुसी शर्तको अगाडि झुक्नेछौँ’ – युक्रेन

काठमाडौं –  युक्रेनले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनबीसीलाई दिएको अन्तरवार्तामा आफूहरु कुटनीति समाधानका लागि तयार भएको तर आत्मसमर्पण नगर्ने बताएका छन् । उनले आफूहरु रुसको शर्तको अगाडि नझुक्ने पनि स्पष्ट पारेका छन् ।

युक्रेनका विदेशमन्त्रीको यो बयान त्यतिबेला आएको हो जब सोमबार बेलारुसमा रुस र युक्रेनका प्रतिनिधिबीच छलफल भएको थियो ।

कुलेबाले वार्ता कहिलेसम्म चल्नेछ भन्नेबारे आफू अनभिज्ञ भएको बताएका छन् । उनले यो युद्धमा युक्रेनकै जीत हुने पनि बताएका छन् ।

कुलेबाले सीएनबीसीलाई दिएको अन्तरवार्तामा भने, ‘म एक कुटनीतिज्ञ हुँ र मलाई वार्ताको सफलतामाथि विश्वास छ । तर एक कुटनीतिज्ञ भएको नाताले मेरो लक्ष्य रुसमाथि अधिकतम प्रतिबन्ध लागोस् भन्ने हो । युक्रेनले धेरैभन्दा धेरै हतियार पाओस् र अन्तर्राष्ट्रिय स्तरमा रुसलाई एक्ल्याइयोस् । यो मेरो कुटनीतिको महत्वपूर्ण हिस्सा हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*