युक्रेनमा रुसी हमला जारी, अहिलेसम्म के – के भए ?

काठमाडौं ।  युक्रेनमा रुसी हमला जारी छ । हेर्नुहोस्अहिलेसम्म के – के भए :

– २८ फेब्रुअरीमा रुस र युक्रेनबीच पहिलो चरणको वार्ता कुनै निष्कर्ष बिना टुङ्गियो ।

– यसैबीच युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युरोपियन युनियनसँग सदस्यताको माग राखेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद् र संयुक्त राष्ट्र आम सभा दुबै रुसी हमलाका लागि सक्रिय हुन् ।

– यूएनजीएको विशेष सत्रमा संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरसले कुनै पनि हालतमा परमाणु हतियारको प्रयोगलाई सही ठहर गर्न नसक्ने बताएका छन् ।

– संयुक्त राष्ट्रमा भारतको स्थायी प्रतिनिधि टिएस तिरुमूर्तिले सुरक्षा परिषद्लाई भारतले सरकार एक मार्चदेखि युक्रेनमा मानवीय मद्दत पठाउन सुरु गरिरहेको बताएका छन् । यसबाहेक भारत सरकारका वरिष्ठ मन्त्री भारतीय नागरिक र विद्यार्थीलाई सुरक्षित निकाल्नका लागि युक्रेनको छिमेकी देशमा जाने बताइएको छ ।

– रुस युक्रेनमाथि हमलाका कारण विश्वव्यापी एक्लोपनको सामना गरिरहेको छ । अमेरिकाले सोमबार १२ रुसी कुटनीतिज्ञलाई यूएन मिसनबाट फिर्ता जान भनेको छ ।

– २१ फेब्रुअरीमा रुसी राष्ट्रपति पुटिनले पूर्वी युक्रेनका दुई अलगाववादी इलाका दोनेत्स्क र लुहान्स्कको स्वतन्त्र क्षेत्रको रुपमा मान्यता दिएको थियो । त्यसको भोलिपल्ट सैन्य अभियानको घोषणा गरिएको थियो ।

– इन्टरनेशनल क्रिमिनल कोर्टका अभियोजक करिम खानले सोमबार उनले युक्रेनमाथि हमलाको अनुसन्धान सुरु गरेको बताएका छन् । उनले सुनुवाई तीब्र गतिमा हुने बताएका छन् । करिम खानले भने, ‘मैले निर्णय गरेको छु कि यो मामिलाको सुनुवाई यथासम्भव तीब्र गतिमा गरिनेछ ।’

– समाचार एजेन्सी एएफपीले भन्यो, ‘करिम खानले युक्रेनमा सन् २०१४ पछिदेखि मानवताविरुद्ध अपराध भएको कुरा स्वीकार गर्न पर्याप्त कारण भएको बताएका छन् ।’

– युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्यताबाट रुसलाई हटाउने माग गरेका छन् ।

– युक्रेनको पूर्वोत्तर शहर ओखत्यार्कामा आइतबार रुसी हमलामा आइतबार युक्रेनका करिब ७० सैनिकको मृत्यु भएको छ । यो इलाकाका प्रशासक दिमित्रो जयवयुस्क्यीले रुसी हमलामा एक सैन्य युनिट ध्वस्त भएको बताएका छन् । उनले भने, ‘थुप्रैको मृत्यु भएको छ । ७० युक्रेनी सैनिकको अन्तिम संस्कारको तयारी भइरहेको छ । तर दुश्मनले पनि त्यहि पाएका छन् जुन उनीहरुले पाउनुपर्छ । रुसी नागरिकका थुप्रै शव हुन् जुन रेड क्रसलाई सुम्पिएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*