गएरातिदेखि हेटौंडा ८ को भुस गोदाममा भिषण आगलागी , आगलागी अझै नियन्यन्त्रणमा आएन

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ८ विकास टोल स्थित एक भुस गोदाममा लागेको भिषण आगलागी अझै नियन्त्रणमा आएको छैन् ।

गएराति साँडे ११ बजेबाट स्थानीय टिका प्रसाद कडेलको भुसको गोदाममा आगलागी भएको थियो । आगलागी हालसम्म पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रह्री प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनले बेलुका सम्म आगलागी नियन्त्रणमा आउने बताए ।

हालसम्म आगलागीको कारण खुल्न सकेको छैन् । आगलागी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा १५ जना,बागमती प्रदेश बिपद् व्यवस्थापन गुल्म बाट प्रनानिको कमाण्डमा ७ जनाको टोली,शसस्त्र प्रहरी बल नेपाल १४ नंबर गण मकवानपुर बाट सप्रनिको कमाण्डमा २१ जनाको टोली खटिएको छ ।

आगलागी नियन्त्रणको लागि हेटौंडा उपमहानगरपालिकाको दमकल,जितपुर सिमरा उपमहानगरपालिकाको दमकल,खैरेनी नगरपालिकाको दमकल,नेपाल आयल निगमको दुई वटा दमकल गरी ५ वटा दमकलको प्रयोग भईरहेको र विरगंजबाट पनि दमकल ल्याउन लागिएको बताईएको छ ।

आगलागी बाट कुनै पनि मानविय क्षती नभएको तर गोदाम जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणमा लिन जेसिबीको प्रयोगले गोदाम भत्काउने कार्यपनि भईरहेको छ ।

भुस गोदाममा पचास हजार भुसको बोरा रहेको प्रहरीले जनाएको छ । खबरब्रेकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*