पुटिनसँग युक्रेनमा जारी रक्तपात तुरुन्त बन्द गर्न अमेरिकाको माग

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी रक्तपात तुरुन्त बन्द गर्न माग गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले स्थानीय समय अनुसार बुधबार अबेर वक्तव्य जारी गरेर युक्रेनको भूमिबाट आफ्ना सैनिक फिर्ता लगेर जारी रक्तपात रोक्न पुटिनसँग माग गरेको हो ।

रुसले स्वतन्त्र सञ्चारमाध्यमहरुलाई रोकेर प्रेस स्वतन्त्रतामाथि पनि आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ । रुसले अधिकांश सञ्चारमाध्यमलाई युक्रेनमाथि भइरहेको आक्रमणबारेका खबर प्रकाशित गर्न दिएको छैन ।

ट्वीटर, फेसबुक, इन्स्टाग्रामसहितका सामाजिक सञ्जाल सञ्चालन हुने गरी इन्टरनेट सुविधा नदिँदा सर्वसाधारण स्वतन्त्र सूचना तथा सम्पर्कबाट वञ्चित भएको पनि वक्तव्यमा उल्लेख छ ।

रुसले युक्रेनको राजधानी किएभसहितका प्रमुख शहरमा आक्रमण थप तीव्र पार्दै गएका बेला अमेरिकाको वक्तव्य आएको हो ।

रुसी आक्रमणका कारण सर्वसाधारणको मृत्यु भइरहेको छ । एक हप्ता भित्रै १० लाख भन्दा बढी युक्रेनी देश छोडेर छिमेकी देशहरुमा शरण लिन पुगेका छन् ।

यसैबीच किएभमा बिहीबार बिहानै कम्तीमा चारवटा ठूला बिस्फोट भएका छन् । ती आक्रमणको निशाना तथा कति मानिस मारिए वा घाइते भए भन्नेबारे केही खुलेको छैन ।

युक्रेनमाथि भइरहेको आक्रमणको विरोधमा विश्वका विभिन्न क्षेत्रसँगै रुसमै पनि प्रदर्शन हुँदै आएको छ । रुसी सुरक्षाकर्मीले प्रदर्शनकारीलाई पक्राउ गरे पनि दैनिक प्रदर्शन भने रोकिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*