सुनको मूल्य तोलामै करिब एक लाख पुग्यो

काठमाडौं । साताको छैठौं दिन आज (शुक्रबार) सुनको मूल्य ९ सय रुपैयाँले बढेर करिब एक लाख पुगेको छ भने चाँदी भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार भने प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्यमा भने स्थिर रहेको छ ।

बिहिबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज ९शुक्रबार० पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*