माओवादीको केन्द्रीय समितिको बैठक सऱ्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आइतबार अपराह्न २ बजे बस्ने गरी सरेको छ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक अपराह्न २ बजे बस्ने गरी सरेको माओवादी केन्द्रकी नेतृ रेखा शर्माले  जानकारी दिनुभएको हो ।

बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने र स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयो ।
गत शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एमसीसी अनुमोदन गर्नुपर्ने विषयमा बोल्नुभएको थियो भने नेता नारायणकाजी श्रेष्ठले पनि मन्तब्य राख्नुभएको थियो ।

एमसीसीको विवादलाई टुंग्याएपछि केन्द्रीय सदस्यहरुको मनोनयन र पदाधिकारी चयनमा छलफल हुने जनाइएको छ । गत पुसमा सम्पन्न माओवादी महाधिवेशनले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटि निर्धारण गरेकोमा १० प्रतिशत सदस्य केन्द्रीय समितिबाट चयन गर्ने ब्यवस्था गरिएकोथियो ।

त्यस्तै एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*