हेटौंडामा दुई मोटरसाईकल ठोक्किदा एक जलेर नष्ट

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक मोटरसाईकलमा आगलागी भएको छ ।

गएराति कान्तिलोकपथ राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ को पिप्लेमा उक्त घटना भएको हो ।

क्याप्पाडाँडाबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बा ८३ प ५०४० नंबरको मोटरसाईकल र विपरित दिशाबाट आएको बागमती प्रदेश ०३ ००२ प ९९५८ मोटसाईकल ठोक्किदा बा ८३ प ५०४० नंबरको मोटरसाईकलमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

कार्यलयका प्रहरी नीरिक्षक सुमन बाँनियाका अनुसार बा ८३ प ५०४० नंबरको मोटरसाईकल चालक हेटौंडा ४ बस्ने २१ वर्षीय प्रवेश लामाको टाउको, हात र खुट्टामा चोट लागेको र चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*