मेयर महतद्वारा हेटौंडाको भोर्लेमा पक्की सडकको उद्घाटन्

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ भोर्लेमा पक्की सडक निर्माणको उद्घाटन् गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले भोर्ले सडकको उद्घाटन् गर्नुभयो । कार्यक्रममा बोल्दै मेयर महतले हेटौंडाका टोलटोलमा स्थानीय वासिन्दाहरुले पक्की सडकको अनुभुती गर्न पाएको बताउनुभयो । कुल १५ लाख रुपैयाँ लागतमा सडक निर्माण गरिएको हो ।

यस क्षेत्रमा दुइसय मिटर पक्की सडक निर्माण गरिएको हो । पहिलेका साविकका वडामा भन्दा पनि पछी थपीएका गाउँका वडालाई शहर बनाउने अभियान अनुसार सडक निर्माणले पहिलो प्राथमिकता पाएको बताउनुभयो । गाउँमा ओझेलमा परेको सडकलाई स्थानीय सरकारले सहयोग गरेको भन्दै स्थानीय वासिन्दाहरुले मेयर महतलाई सम्ममान गरेका थिए । कार्यक्रममा हेटौंडा–१२ का वडा अध्यक्ष ललिलत घलान लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*