१ करोड ५० लाख सहित हुन्डी कारोबारी पक्राउ
काठमाडौं । १ करोड ५० लाख नगदसहित प्रहरीले काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।
उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको सिलिगुडि घर भैई हाल काठमाडौ महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने वर्ष ३२ का अमित अग्रवाल , काठमाडौको कालिमाटीका वर्ष २६ का नक्कली सुनको गहना व्यापार गर्दै आएका बिक्की खडगी रहेका छन ।
उनीहरुलाई महाशाखाको टोलिले काठमाडौंको ताहचलबाट श्रोत नखुलेको १ एक करोड ५० लाख रुपैयाँ सहित पक्राउ गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु अवैध हुन्डी कारोबारी भएको महानगरिय अपराध महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक कृष्ण कुमार कोइरालाले बताउनु भयो ।
पक्राउ परेकाहरुलाइ थप अनुसन्धानको लागि बरामद रकम सहित राजश्व अनुसन्धान बिभाग पठाईने महाशाखाले जनाएको छ ।