सञ्चारिका समूह मकवानपुरद्वारा महिला पत्रकारलाई स्यानेटरी प्याड वितरण

हेटौंडा । सञ्चारिका समूह नेपाल मकवानपुरले महिला पत्रकारहरुका लागि स्यानेटरी प्याड वितरण शुभारम्भ गरेको छ ।

११२औं नारी दिवसको अवसरमा सञ्चारिका समूह मकवानपुरले मंगलबार पत्रकार महिलाहरुबीच मैत्रीपूर्ण फुटसल खेलको आयोजना गर्दै प्याड वितरण कार्यक्रमको शुभारम्भ गरेको हो । यो कार्यक्रम हरेक महिना सञ्चालन हुने सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजालले जानकारी दिइन् ।

मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्याड वितरणको सुरुवात गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले महिलाहरुको नेतृत्व र शसक्तिकरणका लागि राजनीतिक दलहरुले नै अग्रसरता देखाउनु पर्ने बताइन् । उनले दलहरुले अहिले महिला नेतृत्वलाई अघि आउने अवसर नै नदिएको भन्दै संविधानमा नै व्यवस्था भएको ३३ प्रतिशत महिला सहभागिता नै सुनिश्चित नभएको बताइन् । महिलाहरुलाई सधै दोस्रो पदमा मात्र राख्ने गरेको बताउदै अब आफू हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा आउन चाहेको उनले बताइन् । उनले महिला पत्रकारहरुले सुरु गरेको प्याड वितरण कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष धु्रव अधिकारी, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाललगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*