हेटौंडामा भएको खुल्ला महिला दौडमा अमृता प्रथम

हेटौंडा । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हेटौंडामा खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटि मकवानपुरको आयोजनामा आज भएको ३ किलो मिटर महिला खुल्ला दौड प्रतियोगितामा अमृता मुक्तान प्रथम भएकी छन् । निर्धारित दूरी १२ मिनेट ४३ सकेण्डमा पार गर्दै अमृता प्रथम बनेकी हुन् । उनले ट्रफी, र प्रमाणपत्रको साथमा १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।

प्रतियोगितामा रितिका तिमल्सिना द्धितिय र लक्ष्मी थिङ तृतिय भएका छन् । उनीहरुले क्रमशः १२ मिनेट ५४ सकेण्डमा र १३ मिनेट २३ सकेण्डमा दुरी पार गरेका थिए । समानताको लागि दौड भन्ने मुल नाराको साथ आयोजना भएको प्रतियोगितामा द्धितिय र तृतिय हुनेले क्रमसः७ हजार र नगद ४ हजार सहित प्रमाणपत्र, मेडल साथै खेल सामाग्री प्राप्त गरेका छन् ।

हेटौंडा-४ हुप्राचौरको उत्तरगेटबाट शुरु भएको दौड सितलमहल चोक,पुर्वीगेट हुँदै पुनःखेलमैदानमा आएर टुंगिएको थियो । कार्यक्रममा बागमती प्रदेशको पूर्व सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ,नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव तथा केन्द्रीय आयोजक कमिटि सदस्य धरम लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा,हेटौंडा(४ का वडा अध्यक्ष नविन सिग्देल,नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, अनेम संघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्ले, नेकपा एमाले जिल्ला सदस्य तथा मदनभण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय सदस्य सानु लामा, मदनभण्डारी स्पोर्टस एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदी लगायतको आथित्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*