शेयर बजार ३०.२९ अंकले गिरावट

काठमाडौं । शेयर बजार ओरालो लाग्नेक्रम बुधबार पनि जारी रह्यो । नेप्से परिसूचक ३०.२९ अंकले घटेको छ ।

बजार खुलेपछि एकाएक उकालो लागेर २५ सय ५६ विन्दुसम्म पुगेको बजार अन्त्यमा ३०.२९ अंकले ओरालो लागेर २५ सय १४ मा पुगेर थामियो ।

कारोबार भएका सबै उपसूचक ओरालोे लाग्दा रकम पनि साढे दुई अर्ब तलै खुम्चिएको छ । बुधबार निर्जीवन बिमा समूहमा दुई सय अंकको हाराहारीमा ओरालो लाग्दा जीवन बिमा र विकास बैक समुहमा पनि एक सय बढी अंकले घटेका छन् ।

अरु समुहमा दोहोरो अंकको गिरावट आएको बजारमा १ सय ७१ कम्पनीको शेयर मूल्य घटेको छ । १९ कम्पनीको मात्र मूल्य बढेको बजारमा दुई कम्पनीको मात्र मुल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

बुधबार २ सय २९ कम्पनीको ४९ लाख बढी कित्ता शेयर २ अर्ब ३५ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*