हेटौंडाको भैरवडाँडास्थित पाथीभरा मन्दिरमा ‘पाथीभरा महोत्सव एवं कोटिहोम महायज्ञ’ सुरु

हेटौंडा । हेटौंडा – १ भैरवडाँडा स्थित पाथीभरा मन्दिरमा आजबाट ‘पाथीभरा महोत्सव एवं कोटिहोम महायज्ञ’ सुरु भएको छ ।

आज बिहान हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले मन्दिरमा दिप प्रज्वलन गर्दै ‘पाथीभरा महोत्सव एवं कोटिहोम महायज्ञ’ को उद्घाद्धन गरेका हुन् ।

कोटिहोम महायज्ञ आजबाट बैशाख १ गतेसम्म एक महिनासम्म गरिने आयोजक पाथीभरा मन्दिर संरक्षण समितिले जनाएको छ ।

राष्ट्र शान्ती र धार्मीक पर्यटकीय स्थलको रुपमा प्रवद्धनको लागि कोटिहोम महायज्ञ सुरु गरिएको समितिले जनाएको छ । मन्दिर स्थापना भएदेखिनै वर्षेनी कोटीहोम यज्ञ गर्दै आएको भएपनि यस वर्ष भने बृहत रुपमा महायज्ञ सुरु गरिएको पाथीभरा मन्दिर संरक्षण समितिले जनाएको छ ।

कोटीहोममा हरेक दिन बिहान हवन,दिउँसो कथा वाचन र साँझमा पितृमोक्ष आरती तथा भजन किर्तन हुने आयोजकले जनाएको छ । महायज्ञमा मन्दिर निर्माणको लागि स्वतः स्फुर्त सहयोग गर्न सकिने समेत आयोजकले जनाएको छ ।

महायज्ञमा देशको विभिन्न मन्दिरहरुबाट दुई दर्जन गुरुहरुको उपस्थिति रहेको छ । महायज्ञमा दैनिक सयौ श्रद्धालुभक्तजनले अवलोकन गर्ने अनुमान रहेको छ ।

कोटिहोमले शान्ति, मानव कल्यान,सुस्वास्थ्य तथा पितृ उद्धार हुने विश्वास रहेको छ । कोटिहोमले पृथ्वीमा बसोवास गर्ने सवै प्रकारका प्राणीहरुका लागि वातावरण स्वस्थ हुने पनि विश्वास रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*