आज सुनको मूल्य ३५ सयले घट्यो

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार एकै दिन ३५ सयले घटेर एक लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज ४५ रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*