कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ने

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ने भएको छ ।

वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखाले चैत १४ देखि २१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुलाईएको जानकारी दिएको हो । १८ वर्ष पूरा भई ३९ वर्ष पार नगरेका नेपाली नागरिकले अनलाइन मार्फत आवेदन दिन पाउने छन् ।

कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा आगामी वैशाख २९ देखि जेठ १३ गतेसम्म तथा दोस्रो परीक्षा जेठ २४ देखि असार १६ सम्म हुने आज ९सोमबार० प्रकाशित सूचनामा उल्लेख गरिएको छ । त्यस्तै उत्पादन क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा आगामी असार २० गतेदेखि भदौ १० र दोस्रो परीक्षा भदौ १६ देखि असोज २१ गतेसम्म हुनेछ।

उत्पादन क्षेत्रमा पढाई र सुनाई गरी १ सय पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक र कृषि क्षेत्रमा जान चाहनेले कम्तिमा ३६ अंक ल्याउनु पर्नेछ ।

परीक्षाको शुल्क २४ डलर तोकिएको छ भने परीक्षा केन्द्र र परीक्षा समयपछि जानकारी दिईने वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखाले जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*