गाउँपालिकाको पहलमा १३ जना बिपन्न चेपाङको मोतियाबिन्दुको शल्यक्रिया

हेटौंडा । राक्सिराङ्ग गाउँपालिकाको पहलमा १३ जना बिपन्न चेपाङको आँखाको उपचार भएको छ । राक्सिराङ्ग गाउँपालिका ७ का उनीहरुको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो ।

हेटौंडा सामुदायीक आँखा अस्पतालमा मोतियाबिन्दको उपचारपछि आँखाको ज्योती पाएका उनीहरु खुशी भएका छन् । एक वर्ष अघि गाउँमै राक्सिराङ गाउँपालिकाको संयोजनमा स्वास्थ्य शिविर सञ्चालन हुँदा ९८ जनाको आँखा परीक्षण गरिएको थियो ।

तीमध्ये मोतियाबिन्दु भएका १३ जनाको मोतियाबिन्दु उपचार गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । उनीहरुलाई गाउँपालिकाले अस्पतालसम्म ल्याउने, बस्ने र लैजाने ब्यवस्था गरेर आँखाको उपचार गरिदिएको उनले बताए ।

आँखाको उपचार गरी घर फर्नन लागेका उनीहरुलाई गाउँपालिका अध्यक्ष मल्ल,प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला,राक्सिराङ स्वास्थ्य शाखा प्रमुख बिजय कपारीले सामुदायी आँखा अस्पताल पुगेर फलफूल बितरण गरेका थिए ।

बिपन्न चेपाङसँगै एकसय ६३ जना मकवानपुर र बाराका बिपन्न आँखाका बिरामीहरुले उपचार पाएको हेटौंडा सामुदायिक आँखा अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत सुधिर भद्रले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*