प्रहरीद्वारा मकवानपुरमा ३९ विगाहामा लगाइएको अफिम खेती नष्ट

मकवानपुर– मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ।

राक्सिराङ गाउँपालिका–४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही गाउँपालिका–५ अन्तर्गत बमकिङ, लाफर लगायतको क्षेत्रमा २८ बिगाहमा लगाइएको अफिम खेती सोमबार प्रहरीले नष्ट गरेको हो।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती नष्ट गरेको हो।

यसैगरी मकवानपुरको बकैया गाउँपालिका–६ ज्यामिरे, मोरङगेढाप लगायतको क्षेत्रमा ११ विगाह जग्गामा लगाइएको अफिम खेती आइतबार प्रहरीले नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उक्त खेती नष्ट गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*