दुईजना विरुद्ध क्रिप्टोकरेन्सीमा संलग्न भएको अभियोगमा ९ करोड बिगो दाबी गर्दै मुद्दा

काठमाडौँ – राजश्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीमा संलग्न भएको दाबीसहित दुईनाविरुद्ध ९ करोड ७४ लाख ६९ हजार बिगोसहित मुद्दा दायर गरेको छ।

विभागले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मोरङ रतुवामाईका पुस्कर श्रेष्ठ र बिनिता लिम्बुविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरुले विभिन्न खालका एप्सहरुको प्रयोग गरेर अवैध रुपमा अनलाइनमार्फत कारोबार गरेको विभागको दाबी छ।

उनीहरु क्रिप्टोकरेन्सीमा संलग्न भएको गरेको विभिन्न बैकका स्टेटमेन्टहरु, बरामद गरेका मोवाइलमा प्राप्त डाटा, कल डिटेल विवरण अदालतबाट खुल्न आएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए।

श्रेष्ठ र लिम्बुले मोबाइल एप्सहरु 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull लाई प्रयोगमा ल्याएर विदेशी विनिमय अमेरिकी डलर सम्बन्धि कसुर गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ।

पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख ७६ हजार, एनआईसी एशिया बाट एक करोड ८२ लाख ४९ हजार आठ सय र राष्ट्रिय वाणिज्य बैंकबाट २ कोड ३६ लाख ६२ हजार सहित ७ करोड ५७ लाख ७१ हजार ९ नौ सय रुपैयाँको अवैध कारोबार गरेको विभागको दाबी छ।

त्यस्तै लिम्बुले एनआईसी एशियाबाट २ करोड १६ लाख ९८ हजारसहित जम्मा ९ करोड ७४ लाख ६९ हजार ९ सय ८३ रुपैयाको कारोबार गरेको देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*