हेटौँडामा यौनिक तथा अल्पसंख्यकका मुद्धाहरु बारे अन्तरक्रिया

मकवानपुर, २ चैत्र । ब्लु डायमण्ड सोसाईटीको आयोजना र फ्रेण्ड्स हेटौँडाको समन्वयमा हेटौँडामा आज सरोकारवालाहरुसँग ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्धाहरु’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।

फ्रेण्ड्स हेटौँडा मकवानपुरका निर्देशक भारती थापाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि लामाले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु आम नागरिक भएको भन्दै भेदभाव तथा विभेद गर्न नहुने बताउनुभयो ।

प्रमुख अतिथि लामाले तेस्रोलिंगी, समलिंगी जोकोहीको घरमा जन्म लिनसक्ने भएको हुँदा राज्यले पनि विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहबाट आफुले यस समुदायको लागि सकेको सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा यौनिक तथा अल्पसंख्यक समुदायका लागि सरकारले व्यवस्था गरेको कानुन तथा कामहरुका बारेमा जानकारी गराउनुका साथै राज्यले गर्नुपर्ने कामहरुका बारेमा ब्लु डायमण्ड सोसाईटीका प्रोग्राम अफिसर अनुज पिटर राईले प्रस्तुति दिएका थिए ।

अन्तरक्रियामा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका महिला विकास शाखाकी चन्द्रकुमारी व्यञ्जनकार, ब्लु डायमण्ड सोसाईटीका पिंकी गुरुङ, स्वास्थ्य कार्यालय मकवानपुरका ठाकुर पौडेल, तथ्यांक कार्यालयका राजेश दास, माईती नेपालकी माया लामा, उद्योग वाणिज्य संघ मकवानपुरका प्रतिनिधि दिवश पराजुली, हेटौँडा अस्पताल लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । फ्रेण्ड्स हेटौँडा मकवानपुरका किरण थापाले कार्यक्रमको सहजीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*