क्याम्पा रंगशालामा उपाधिका लागि मकवानपुर र ललितपुर खेल्दै

हेटौंडा । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको फाइनल खेल आज हुँदै छ ।

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको अन्तर्गत फुटबल फाइनल खेलमा आज मकवानपुर र ललितपुरबीच हुँदै छ ।

खेल आज हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा दिउँसो २ बजेबाट सुरु हुने आयोजक प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले जनाएको छ ।

यसअघि शुक्रबार भएको समिफाइन्ल खेलमा मकवानपुरले दोलखालाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

शुक्रबारनै भएको पहिलो खेलमा ललितपुरले धादिङलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*