सामाजिक युथको बी डिभिजनमा दोस्रो जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत सामाजिक युथ क्लबले दोस्रो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार भएको खेलमा सामाजिक युथले झम्सीखेल युथ क्लबलाई १–० ले पराजित गर्यो ।

खेलका छैठौं मिनेटमा बशन्त बहादुर रानाले गरेको एकमात्र गोल सामाजिक युथको जितका लागि पर्याप्त भयो ।

लिग अन्तर्गत सामाजिक युथको सात खेलमध्ये दोस्रो जित हो । उसले सात खेलबाट सात अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ ।

झम्सीखेल युथको भने यो तेस्रो पराजय हो । सात खेलबाट ६ अंक जोडेको झम्सीखेल दशौं स्थानमा ओर्लिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*