चीनको दक्षिणी क्षेत्रमा १३३ यात्रु बोकेको विमान दुर्घटना

काठमाडौं । चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ ।

१३३ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन ।

कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १: १५ मा र ग्वाङ्झाउ प्रान्तमा ३: ०७ मा अवतरण हुने तालिका थियो ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा दुर्घटनालगत्तै आगो लागेको देख्न सकिन्छ । समाचार अनुसार दुर्घटनास्थलमा उद्दारकर्ता खटाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*