हेटौंडामा पुल भाँचिदा गुडिरहेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा १९ बस्तिपुर राप्तिखोलामा काठको पुल भाँचिदा गुडिरहेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति २ बजे राप्तिखोलामा भुन्द्रुङबाट बस्तिपुर हाईवेतर्फ आउदै गरेको ना ६ त १८४५ नंबर को खालि ट्याक्टर काठको पुलबाट क्रस गर्ने क्रममा अचानक काठको पुल भाँचिदा दुर्घटना भएर ट्याकटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेमा राक्सिराङ गायँपालिका वडा नंबर ८ बस्ने वर्ष २८ वर्षीय सागर स्याङ्तान रहेका छन् । उनी पानिमुनि ट्याक्टरले च्यापि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको आवश्यक थप अनुसन्धान भईहरेको जिल्ल प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*