सुनको मूल्य ११ सय बढ्यो

नेपाली बजारमा सुनको मूल्य बिहीवार १ लाख रुपैयाँ नाघेको छ ।

यो दिन सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको हो । गत साता लगातार घटिरहेको सुनको मूल्य यो साता आइतवरा देखिनै बढिरहेकोमा बुधवार भने १ हजार १०० रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थाते बुधवार सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी यो दिन बिहीवार चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै यो दिन अन्तरराष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ । बिहीवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९४० दशमलव १६ डलर पुगेको छ ।
त्यसैगरी, यो दिन अमेरिकी डलरको भाउ पनि बढेको छ ।

यो दिन १ डलरको विक्रीदर १२२ रुपैयाँ ३८ पैसा कायम भएको छ । अघिल्लो दिन १ डलरको विक्रीदर १२२ रुपैयाँ १९ पैसा रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*