विद्युत आपूर्तिमा केही संकट आए पनि लोडसेडिङ हुँदैन – कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिमा केही संकट आए पनि लोडसेडिङ नहुने बताएका छन् ।

सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि भारतबाट विजुली आयात गरेको तर भारतमा मूल्य उच्च भएकाले खरिद नगर्दा समस्या देखिएको उनले बताए ।

तर यो केही दिनको मात्र समस्या भन्दै कुलमानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो एक दुई दिनको क्राइसिस हो, १५-२० वर्षपछि आएको क्राइसिस हो, अहिले पनि हामी लोड बढाउने नै हो, लोडसेडिङ हुँदैन’ उनले भने ।

भारतमा विजुलीको माग उच्च भएपछि विद्युत प्राधिकरणले केही दिनयता विजुली किनेको थिएन । जसले गर्दा कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो र लोडसेडिङ पुन दोहोरिने हो कि भन्ने उद्येगीहरुले चिन्ता व्यक्त गरेका थिए । तर घिसिङले सुख्खा मौसममा देखिएको संकट टार्न भारतसँग विजुली किन्न खोज्दा अत्यधिक महंगो परेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*